अपहरितसँग जबरजस्ती एक करोडको कपाली

समाचार

6/19/2019

बारा, ४ असार । दोलखा घर भई हाल काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने भिम बहादुर कार्कीले बारा सिमौनगढ नगरपालिका वडा नम्बर ७ खजानी टोल बस्ने जियालाल महतो कोईरीलाई चरम यातना दिई करौडौ रुपैयाँको कपाली तमसुक गराएको कलैयामा सोमबार पत्रकार सम्मेलन गरि सो कुरा जानकारी दिएका छन् ।

२०७५ साल कार्तिक महिना ९ गते कार्की, रौतहट जयराजपुर टोल बस्ने रामबाबु कुमार यादव सहितका केहि ब्यतिmहरुले रौतहटको कटहरिया बजारबाट कोईरीलाई अपहरण शैलीमा स्कारपियो गाडीमा आँखा बाधी काठमाडौमा लगि निकै यतना दिएको कोईरीले बताएका छन् ।

काठमाडौमा करिब ८ दिन, र चरिकोटमा १० गरि १८ दिन राखी करिब १ करोड रुपैयाँको कपाली तमसुख बलजबरजस्ती गराएको जानकारी दिए ।

कार्कीले कोईरीको नागरिकता खोसी काठमाडौको कोटेश्वरमा रहेको जनता बैकमा लगी खाता खोली आफ्नो घरमा ल्याई यतना दिई आफ्नो नाममा चेक काटी हस्ताक्षर गर्न लगाएको बताउदै कति रुपैयाको चेक काटियो आफुलाई थाहा समेत नभएको कोईरीले दुखेसो व्यक्त गरेका हुन् ।

त्यति मात्र नभई भारतको वैगलौरबाट असार १ गते घर आएका छोरा ब्रजेश कुमार कुश्वाहालाई कार्की र यादवले राती ९ बजे अपहरण शैलीमा नै घरवाट समाती सिम्रौनगढ ईलाका प्रहरीमा राखी आफुलाई छोरा बुझन आउ भन्दै राती अवेरसम्म भनेपनि आफु रातीको समय भएको कारण भोली बिहानै आउँछु भनी जवाफ दिएपछि छोरालाई प्रहरी माथि गाली गलौज गरेको झुठो मुद्धा बनाई प्रहरी निरिक्षक खगेन्द्र धमलाले छोरा माथि मुद्दा चलाएको बताए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ