धनुषा, २२ पुस । जनकपुर उपमहानगरपालिका–११ किशोरीनगरस्थित रामेश्वर साहको घरबाट अबैध हुण्डी कारोवार गर्ने ४ जनालाई नगद ८३ लाख ५७ हजार रुपैयाँ, विभिन्न बैंङ्कका चेक ३० थान, बैंङ्कको भौचरहरु, हुण्डी कारोवारको लागि प्रयोग भएका हिसाव खाताहरु र ६ थान मोबाईल फोन सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा उक्त कार्यमा संलग्न भारत मधुबनी बासोपट्टी बस्ने ४० वर्षीय सन्तोष महतो, सोही ठाउँ बस्ने ४० वर्षीय नरेश महतो र जनकपुर उपमहानगरपालिका(१९ बस्ने विजय यादव समेतका ४ जना रहेका छन् ।
तपाईको प्रतिक्रिया