अब भारतीय साना सहयोग बजेटमै

समाचार

12/27/2019

काठमाडौँ, ११ पुस । सरकारले भारतीय सहयोगमा सञ्चालन हुने साना विकास आयोजनालाई वार्षिक बजेटमै समेट्ने भएको छ ।

मन्त्रिपरिषद्को बैठकले भारतीय सहयोगका साना विकास आयोजना र तिनमा खर्च हुने रकमलाई संघीय सरकारको ‘बजेटरी सिस्टम’ भित्र ल्याउने निर्णय गरेको हो ।

‘भारतीय सहयोगका २ करोड रुपैयाँसम्मका साना विकास आयोजना मुलुकको बजेटरी सिस्टम बाहिरबाट सञ्चालित थिए । अब बजेटरी सिस्टमभित्रै ल्याएर त्यस्ता विकास आयोजना अघि बढाइने छ,’ सञ्चार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सञ्चारमन्त्री गोकुल बाँस्कोटाले भने ।

भारतीय दूतावासले स्वास्थ्य चौकी, विद्यालय, सामुदायिक भवन निर्माण र खानेपानीजस्ता साना आयोजनामा २ करोड रुपैयाँसम्मको सहयोग सोझै गर्दै आएको थियो ।

भारतीय दूतावासले नै आयोजना छान्थ्यो र सोझै रकम दिएर आयोजना बनाउने गर्थ्यो । अनुगमन तत्कालीन जिल्ला विकास समितिले गर्थे । सरकारको वार्षिक योजना तथा कार्यक्रममा भारतीय सहयोगका ती आयोजना र तिनको बजेट समेटिँदैनथे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ