अब राष्ट्रियसभा सदस्य निर्वाचनको पालो

समाचार

12/5/2019

काठमाडौं, २० मंसिर । प्रतिनिधिसभा सदस्य, प्रदेशसभा सदस्य र स्थानीय तहको उपनिर्वाचन सम्पन्न भएसँगै अब राष्ट्रियसभा सदस्यको निर्वाचन हुने भएको छ ।

राष्ट्रियसभा सदस्य निर्वाचनका निम्ति संघीय संसद्बाट आयोगलाई अनुरोध पत्र प्राप्त भइसकेको छ । उनान्नसाठी सदस्यीय राष्ट्रियसभाका सदस्यमध्ये १८ जना सदस्यको आगामी फागुन २० गतेदेखि पद रिक्त हुँदैछ ।

निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार आगामी माघको १५ गतेभित्रै राष्ट्रियसभाको निर्वाचन हुनेछ ।

ष्ट्रियसभाको सदस्यको पदावधि सकिनुभन्दा ३५ दिन अगाडि नै निर्वाचन गरिसक्नुपर्ने कानूनी व्यवस्था रहेको छ ।

राष्ट्रियसभाका एक तिहाइ सदस्यको पदावधि प्रत्येक दुई वर्षमा समाप्त हुने संवैधानिक व्यवस्था छ ।

फागुन २० गते दुई वर्षे कार्यकाल पूरा गर्ने नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नौ, नेपाली काँग्रेसका सात, राजपाका दुई र समाजवादी पार्टीका एक जना छन् ।

पद रिक्त हुनेहरू

सरिता प्रसाई

सुरेन्द्रराज पाण्डे

हरिचरण सिवाकोटी

रामप्रित पासवान

विन्दादेवी आले

वृषेशचन्द्रलाल

बद्रीप्रसाद पाण्डे

बलरामप्रसाद बाँस्कोटा

मीना बुढा

मुक्ताकुमारी यादव

डा युवराज खतिवडा

युटोल तामाङ

रमेशप्रसाद यादव

राजकुमार यादव

दुर्गाप्रसाद उपाध्याय

धनकुमारी खतिवडा

कमलाकुमारी ओली

कालीबहादुर मल्ल

खेमराज नेपाली

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ