काठमाडौं, २४ कार्तिक । महापर्व छठ आज क्षेत्रीय वा राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय पर्व भइसकेको छ ।
मध्यदेशीय समाज संसारको जुन ठाउँमा गए पनि अफ्नो धर्म, भाषा, कला र सँस्कृतिलाई संरक्षणा र संवर्द्धन गर्दै अएका छन ।
यसै क्रममा जहाँ रहे पनि आफ्नो मातृभूमि, पहिचान, एवं धर्म–संस्कृतिलाई नबिर्सी त्यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्छ, यी कुराहरु आफ्नो भावि पुस्तालाई पनि हस्तान्तरण गर्नुपर्छ तथा एकअर्का संग भेटघाट गर्ने उदेश्यका साथ अमेरिकाको पेन्सलभानिया राज्यका वरिपरि रहेका मधेशीहरुले हरेक वर्ष झै यसपाली पनि मधेशीहरूको महान पर्व छठ धुमधामका साथ मनाउने भएका छन् ।
अमेरिका स्थित मधेशी अगुवा एवम् समाजसेवी अरविन्द सिंहका अनुसार ‘महापर्व छठको महिमा अपरमपार छ, जो जहाँ रहे पनि बिर्सन चाहदैन र बिर्सिदैन पनि त्यसैले हामीहरूले ४(५ वर्षदेखि आफ्नो संस्कृति, संस्कार जगेर्ना एवं आफ्नो भावी पुस्ता लाई सिकाउने उदेश्यका साथ यस्ता कार्यहरू गर्दै आइरहेका छौ र यसको निरन्तरता पनि गर्दै रहन्छौ ।’
आयोजक सुभाष कुमार बैठाका अनुसार ‘युवा तथा बाच्चाहरुको उत्साह र बुजुर्गहरूको हौसल्लाले यस्ता कार्य गर्न झन शक्ति प्रदान गर्दछ त्यसैले हरेक वर्ष झै यो वर्ष पनि १३ नोभेम्बर मंगलवारको दिन साँझ (सझिया घाट ) र १४ नोभेम्बर बुधवार बिहान (भोरवा घाट ), द्धण्ट ध्ष्लमकयच अष्च , भहतयल उब ज्ञढघद्धज्ञ मा छठ पर्व मनाउन लागेका छौं, जसमा न्यूयार्क, न्यूजर्सी , पेन्सलभानिया राज्यका मधेशी बुद्धिजीवी, समाजसेवी, विद्यार्थी , यूवा सबैको बाक्लो उपस्थिती हुने छ ।’
तपाईको प्रतिक्रिया