अमेरिकासँग चीन आक्रोशित

समाचार

11/27/2019

एजेन्सी । चीनले अमेरिकी राजदूत टेरी ब्रेनस्टेडलाई स्पष्टीकरण सोधेको छ । हङकङमा प्रजातन्त्रको माग गर्दै आएका पक्षधरको समर्थनमा अमेरिकी कंग्रेसले विधेयक पारित गरेपछि चीन आक्रोशित बनेको हो ।

उक्त विधेयक रद्द गर्न पनि चीनले अमेरिकासँग आग्रह गरेको छ । चिनियाँ विदेश मन्त्रालयका उपमन्त्री चङ चक्वाङले ‘हङकङ मानवाधिकार एवं लोकतन्त्र विधेयक’प्रति आपत्ति प्रकट गरेका छन् ।

हङकङमा आन्दोलन गर्दै आएका पक्षको समर्थनमा गरेको कामका लागि अमेरिका सबै खालका परिणामा भोग्न तयार हुनुपर्ने उनले चेतावनी पनि दिएका छन् ।

अमेरिकाले चीनको आन्तरिक मामिलामा हस्तक्षेप गर्न नहुने पनि उनले स्पष्ट पारेका छन् ।

उक्त विधेयक संसद्मा लगभग सर्वसम्मत रूपमा पारित भएको थियो । उक्त विधेयकमा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको हस्ताक्षर हुन बाँकी छ ।

आगामी शुक्रवार उक्त विधेयकमा ट्रम्पले हस्ताक्षर गर्ने कार्यक्रम छ । चीनसँग व्यापार वार्ता भइरहेकाले शुक्रवार हस्ताक्षर नगर्ने अनुमान गरिएको छ । उक्त हस्ताक्षर आगामी सोमवारसम्म भइसक्नुपर्नेछ । अन्नपूर्णपोष्टबाट

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ