काठमाडौं, १४ पुस । सीजी होल्डिंग्सका अध्यक्ष तथा कार्यकारी निर्देशक अरुण चौधरीलाई मलेसियाली विश्वविद्यालय लिम्ककविंग युनिभर्सिटी अफ क्रिएटिभ टेक्नोजोलीले उद्यशमशिलता विषयको मानार्थ विद्यावारिधि उपाधीले सम्मान गरेको छ ।
उनको रणनीतिक क्षमता, जनशक्ति व्यवस्थापनको सिप र परोपकारी कार्यका लागि यो उपाधी प्रधान गरिएको हो । उनी यसरी सम्मानित हुने केही सिमित नेपालीमध्ये पर्छन् ।
लिम्ककविंग विश्वविद्यालयको दिक्षान्त समारोहबीच मलेसियाका राजकुमार तथा लिम्ककविंग युनिभर्सिटीका संस्थापक तथा अध्यक्षले चौधरीलाई यो सम्मान दिएका हुन् ।
लिमककविंग विश्वविद्यालय सिर्जनशिलता र आविष्कारको केन्द्रमा गनिन्छ र, अफ्रिका, युरोप, संयुक्त अधिराज्य र एसियामा यस विश्वविद्यालयको बलियो उपस्थिति रहेको छ ।
मलेसियामा मुख्य क्याम्पस रहेको लिम्ककविंग विश्वविद्यालयमा एक सय ५० भन्दा बढी मुलुकका ३० हजारभन्दा बढी विद्यार्थीहरु अध्ययनरत् छन् ।
समारोहमा सीजी होल्डिंग्स्का अध्यक्ष तथा कार्यकारी निर्देशक चौधरीले नेपाली विद्यार्थीलाई विश्वस्तरीय शिक्षा दिने लक्ष्यका साथ आफूले शैक्षिक क्षेत्रमा हात हालेको बताए ।
सम्मेलनमा उत्कृष्ट भएर नेपालको नाम विश्वभर चिनाउने चाहना आशिषको छ । कम्प्युटर विज्ञानमा राम्रो दख्खल राखेकै कारण आशिषलाई सम्मेलनका लागि छनोट गरिएको हो ।
कम्प्युटर विज्ञानमा इन्जिनिरिङ गरेका आशिषलाई नयाँ कुरा पत्ता लगाउने रहर छ । नर्वेको ओस्लो मेट्रोपोलिटन विश्वविद्यालयमा कम्प्युटर साइन्समा विद्यावारिधि गरिरहेका उनले आविस्कार गरेको ‘स्मार्ट वाच’ले बिर्सिने समस्या भएका व्यक्तिलाई स्मरण गराउँछ ।
आशिषले अस्ट्रेलिया, अमेरिका, इटाली, जापान, कोरियालगायत मुलुकमा आफ्नो विभिन्न अनुसन्धानसम्बन्धी प्रस्तुति दिइसकेका छन् ।
तपाईको प्रतिक्रिया