कपिलवस्तु, २५ साउन । ईलाका प्रहरी कार्यलय कृष्णनगरबाट प्रहरी निरीक्षक प्रताप पौडेलको कमान्डमा खटिएको सादा पोशाक टोलीले कपिलवस्तुको कृष्णनगर नगरपालिका वडा नं.१ डबर गाउ नजिक को खेतमा पराल बाट लुकाई छिपाई राखेको मोटरपार्टस् बरामद गरेको छ ।
बेवारिसे अवस्थामा जम्मा दुइ लाख दश हजारबराबरको अबैध मोटरपार्टस हरु फेला परेको छ । उक्त मालसामानलाई भन्सार कार्यालय कृष्णनगरमा बुझाई यस्ता गतिविधिहरुमा संलग्न हुने गिरोहको बारेमा छानबिन गरिरहेको प्रहरी निरीक्षक पौडेलले बताएका छन् ।
तपाईको प्रतिक्रिया