अवैध रुपमा बालुवा उत्खनन गर्ने पक्राउ

समाचार

8/28/2019

धनुषा, १० भाद्र । लक्ष्मीनिया गाउँपालिका–२ औरही खोलाबाट अवैध रुपमा बालुवा उत्खनन गर्ने ना.७ त २७३३ नम्बरको ट्याक्टर र ट्याक्टर चालक जनकपुर उपमहानगरपालिका–१४ मुजेलिया बस्ने २८ वर्षीय उमेश यादवलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट लक्ष्मीनियाबाट खटिएको प्रहरीले उनलाई ट्याक्टर सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ