अश्लिल भिडियो खिचेर व्यालेकमेल गरेको अभियोगमा ३ जना पक्राउ

समाचार

11/12/2019

दाङ, २५ कार्तिक । तुलसीपुर उपमहानगरपलिका–३ खमारीस्थित जंगलमा घुम्न गएका व्यक्तिहरुलाई अपहरण गरी अश्लिल भिडियो खिचेर व्ल्याकमेलिङ गरेको अभियोगमा ३ जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा तुलसीपुर उपमहानगरपलिका–३ खमारी बस्ने १९ वर्षीय बिमल वली, २६ वर्षीय दुज बहादुर खत्री र २१ वर्षीय नविन नेपाली रहेका छन् ।

उक्त जंगलमा गएका एक व्यक्तिलाई उनीहरुले अपहरण गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय तुलसीपुर दाङबाट खटिएको प्रहरीले टोलीले नियन्त्रणमा लिने क्रममा भाग्न खोजेपछि प्रहरीले २ राउण्ड हवाई फायर गरी उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ