अष्टजामको पुर्णावती

समाचार

3/6/2019

वीरगन्ज, २१ फागुन । वीरगंज महानगरपालिका वडा नं.२३ पर्सौनी विर्तास्थित रहेको रामेश्वर महादेवको मन्दिरमा २४ घण्टे अखण्ड अष्टजामको पुर्णावती नेशनल मेडिकल कलेजका एम.डि तथा नेकपाका नेता बसरुद्दिन अन्सारीले गरेका छन् ।

सोमबारदेखि भएको अखण्ड अष्टजाममा वडा नं.२३ पर्साैनी विर्ता का श्रद्धालुहरुले २४औँ घण्टा श्रद्धापूर्वक पुजाआजा गरी हिन्दु परम्पराअनुसार अष्ठजामको पुर्णावति धुमधामको साथ गरियो ।

अखण्ड अष्टजामको पुर्णावती पश्चात प्रसाद ग्रहण गर्नुका साथै पर्साैनी विर्ता मा रहेका मध्यम वर्गका वृद्धवृद्धाहरुलाई आर्थिक सहयोग समेत एम.डी बसरुद्दिन अन्सारीले गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ