दिनेश ठाकुर, नेपालगञ्ज, १७ मंसिर । नेपालगञ्ज उपमहानगरपालिका वडा न ८ वडा समितिको कार्यालयले अस्थायी प्रहरी पोष्टका लागि आवश्यक सामग्री प्रदान गरेको छ ।
वडा कार्यालयले नगर भवनस्थित प्रहरी पोष्टका लागि २५ हजार बराबरको अत्यावश्यक भौतिक तथा घरेलु सामाग्री सहयोग गरेको हो ।
वडाको वजेटबाट प्रहरीका लागि खाट, टेवुल, कुर्सी, पंखा, वेन्च, खाना पकाउने भाडा आदि उपलव्ध गराइएको हो ।
एक समारोहबीच वडा अध्यक्ष सुरेन्द्र गुप्ताले प्रहरी पोष्टका इन्चार्ज सई सन्त बहादुर गुरुङलाई सो सामाग्री हस्तान्त्रण गरे ।
जनताको सुरक्षार्थ खटीने सुरक्षाकर्मी नाजुक अवस्थामा बसीरहेको पाइएपछि सो सहयोग गरिएको वडा अध्यक्ष गुप्ताले प्रतिक्रिया दिए ।
तपाईको प्रतिक्रिया