विराटनगरका अस्पतालहरुमा रगतको अभाव

समाचार

10/17/2019

विराटनगर, ३० असोज । विराटनगरका विभिन्न अस्पतालहरुमा रगतको व्यापक अभाव भएको छ । विभिन्न ठाउँबाट उपचारका लागि आएका बिरामीहरु रगत अभावमा समस्यामा परेका छन् । विराटनगरमा रहेको रेडक्रस सोसाईटी अन्र्तगत संचालनमा रहेको रक्तसञ्चार केन्द्रमा पनि रगतको अभाव भएको छ ।

रक्तसञ्चार केन्द्रमा ‘ए पोजेटिभ, वि पोजेटिभ र एवी पोजेटिभ समुहका रगत सकिएको छ । दशैं लागे यता रक्तदान हुन छाडेका कारण रक्तसञ्चार केन्द्रमा रगतको अभाव हुन थालेको रक्तसञ्चार केन्द्र विराटनगरका प्राविधिक ईन्र्चाजले जानकारी दिए ।

‘विरामीहरु दैनिक रगतको लागी आउने गरेका छन्, उनले भने, ‘ हामीसँग स्टकमा भएजति सबै रगतको खपत भईसकेको छ, विचमा दशै पर्व भएका कारण रगतको अभाव भएको हो ।’
तत्काल रगतको अभाव पुरा गर्नको लागि रक्तदानको आबश्यकता रहेको छ । कसैलाई रक्तदान गर्न ईच्छा भए स्वयम ब्लड बैंकमा नै आएर रक्तदान गर्न आग्रह गरिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ