काठमाडौं, ४ माघ । भारतीय आयल कर्पोरेसन (आईओसी) सँगको सहकार्यमा नेपालमा थप पेट्रोल भण्डारण बन्ने भएको छ । नेपाल सरकारले आईओसी सँगको सहकार्यमा ८ हजार २ सय किलोलिटर क्षमताको भण्डारण बनाउन लागेको हो ।
मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइनको दोस्रो चरणअन्तर्गत अमलेखगन्जमा भण्डारण बनाउन लागिएको हो ।
आईओसीले ४ हजार १ सय र नेपाल आयल निगमले ४ हजार १ सय किलोलिटर क्षतमताको भण्डारण बनाउने उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले जानकारी दिएको छ । ४ हजार १ सय किलोलिटर क्षमताको भण्डारणको लागत आईओसीले बेहोर्नेछ ।
मन्त्रालयका अनुसार मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन चितवन लोथरसम्म विस्तार गर्न अध्ययन टोली बनाउने सहमति पनि भएको छ ।
सिलिगुडी–झापा पेट्रोलियम पाइपलाइन निर्माण गर्ने सम्बन्धमा नेपाल–भारत संयुक्त अध्ययन टोली गठन गरी प्राविधिक प्रतिवेदन बनाउनेसमेत निर्णय भएको छ ।
झापा र धनुषामा निगमले बनाउने बोटलिङ प्लान्ट निमार्णमा पनि आईओसीले प्राविधिक सहयोग गर्ने प्रतिबद्धता जनाएको छ ।
तपाईको प्रतिक्रिया