आगलागीबाट तीन लाखभन्दा बढीको क्षति

समाचार

9/25/2019

मोरङ, ७ असोज । जिल्लाको धनपालथान गाउँपालिका–६ दादरबैरिया बस्ने शैलेन्द्र कँडेलको घरमा विद्युत सर्ट भई आगलागी हुँदा लाखौंको धनमाल जलेर नष्ट भएको छ ।

मंगलबार बिहान आगलागी हुँदा धान, चामल, तोरीन, डिएपी मल लगायतका सामान जलेर करिब ३ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा र दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ