आगलागीबाट विभिन्न धनमाल नष्ट

समाचार

8/4/2019

सप्तरी, १८ साउन । डाक्नेश्वरी नगरपालिका–१० बनौली बस्ने मिश्रीलाल यादवको घरमा लामखुट्टे धपाउन बालेको घुरबाट आगलागी भएको छ ।

शनिबार बिहान आगलागी हुँदा करिब १ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ