आगलागीमा परी कैलालीमा एक वृद्धाको मृत्यु

समाचार

1/21/2019

कैलाली, ७ माघ । धनगढी उपमहानगरपालिका–२ बस्ने ८५ वर्षीया चन्द्रादेवी जैशीको आफ्नै घरको आगँनमा बालेको आगो ताप्ने क्रममा जलेर मृत्यु भएको छ ।

शनिबार बिहान कपडामा आगो सल्कन जाँदा गम्भीर घाइते भएकी जैशीलाई स्थानीय अस्पताल हुँदै थप उपचारको लागि कीर्तिपुर मोडेल अस्पताल लैजाने क्रममा आइतबार राति बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ