आत्मनिर्भर बन्न सके मात्र सम्वृद्धि र विकास : मेयर चौधरी

समाचार

8/25/2019

इटहरी, ८ भाद्र । सुनसरीको इटहरी हाँसपोसास्थित आमा समूहले तिहारमा देउसी खेलेर संकलन गरेको रकमबाट महिलालाई आत्मनिर्भर बनाउने तालिम दिएको छ ।

लोकतन्त्र र न्यायका लागि आमा समूहले तिहारमा तीन दिनसम्म देउसी खेलेर संकलन गरेको एक लाख पैतालिस हजार रकमबाट तालिम दिइएको लोकतन्त्र र न्यायका लागि आमा समूहकी संस्थापक अध्यक्ष कमला खडकाले बताइन् ।

१९ दिनसम्म गुडिया, क्रिस्टल र फेब्रिक माला लिएका महिलालाई घरमै ती सामान बनाउने अर्डर आउन थालेको छ ।

संस्थाको १६ औ साधारणसभाका अवसरमा तालिम लिएका महिलालाई प्रमाणपत्र प्रदान गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले आमा समूहले देउसी खेलेर संकलन गरेको रकमबाट व्यावसायिक तालिम प्रदान गरेको भन्दै प्रशंसा गरे ।

उनले शीपलाई व्यवहारमा उतारेर आयआर्जनमा सकृय हुन आग्रह गरे । गाँउ गाँउबाट आत्मनिर्भर वन्न सके मात्र सम्वृद्धि र विकास सम्भव रहेको प्रमुख चौधरीको भनाई छ ।

सरकारी प्रयासले मात्र सम्वृद्धि सम्भव नहुने भन्दै उनले सवै पक्ष हातेमालो गरेर अघि बढन जरुरी रहेकोमा जोड दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ