भारतीय महावाणिज्यदूतद्वारा आँधी पीडितलाई राहत वितरण

समाचार

4/4/2019

बारा, २१ चैत । वीरगञ्जस्थित भारतीय महावाणिज्यदूतावासले बाराका हुरी प्रभावितलाई राहत वितरण गरेको छ । बाराको सुवर्ण गाउँपालिका गएर महावाणिज्यदूतावासका कर्मचारीले राहत बाँडेका हुन् ।

सुवर्ण गाउँपालिकाका अध्यक्ष महेन्द्रप्रसाद यादवले महावाणिज्यदूतावासका पाँच जना कर्मचारीले चाउचाउ, पानी, चामल र त्रिपाल बाँडेर गएको जानकारी दिए ।

महावाणिज्यदूतावासले बाँडेको राहत ६१ जनाले पाएका छन् । उक्त प्राकृतिक विपत्तिपछि विभिन्न संघसंस्थाहरूले प्रभावितलाई राहत दिए पनि महावाणिज्यदूतावास राहत वितरण गर्ने पहिलो कूटनीतिक नियोग हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ