पर्यटन प्रबद्र्धनका लागि आन्तरिक उडान सुरु गरिने

समाचार

11/21/2019

विराटनगर, ५ मंसिर । प्रदेश १ का धार्मिक तथा पर्यटकीय स्थलको भ्रमणका लागि हवाई सेवा सुरु गरिने भएको छ । ताप्लेजुङको पाथिभरा मन्दिर, खोटाङको हलेसी महादेव मन्दिर समेतका धार्मिक तीर्थस्थल र अन्य पर्यटकीय स्थललाई लक्षित गरेर सेवा सुचारु गर्न लागिएको हो ।

जसले धार्मिक तथा आन्तरिक पर्यटन प्रवद्र्धनमा मद्दत पुग्ने अपेक्षा गरिएको छ । विराटनगर विमानस्थलबाटै मंसिर तेस्रो सातादेखि सेवा सञ्चालनका लागि विराट होलिडे गुप्र, सीता एयर र माउण्टेन हेलिकप्टर कम्पनीबीच सहमति भएको छ।

गुप्रका अध्यक्ष भविषकुमार श्रेष्ठले माग धेरै आएका कारण धार्मिक तीर्थस्थलसँगै हिमालय क्षेत्रको दृश्यावलोकनका लागि पर्वतीय उडान भर्ने गरी हवाई सेवा सुरु गर्न लागिएको बताए ।

विराटनगरबाट जहाजमा ताप्लेजुङको सुकेटार र त्यहाँबाट हेलिकप्टरमा पाथिभरा मन्दिर दर्शनका लागि तीर्थयात्रीलाई लैजाने योजना रहेको श्रेष्ठले बताए । उनका अनुसार त्यस अघि नै माउण्टेन हेलिकप्टर सुकेटार विमानस्थलमा लगेर राखिने छ ।

भ्रमण वर्ष २०२० लाई ध्यानमा राख्दै धार्मिक तथा पर्यटकीय क्षेत्रलाई लक्षित गरेर सुरु गरिएको हवाई सेवाले मद्दत गर्ने पर्यटन व्यवसायीको बुझाई छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ