कैलाली, १३ साउन । आफ्नै बुबा ६० वर्षीय अम्बर बहादुर कुमाललाई दाउराको चिर्पट प्रहार गरी हत्या गरेको अभियोगमा एक जना युवक पक्राउ परेका छन् ।
गोदावरी नगरपालिका–५ बस्ने ३० वर्षीय राम बहादुर कुमाललाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।
रामबहादुरले आफ्नै बुबालाई चिर्पट प्रहार गर्दा घाइते भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय कैलाली र प्रहरी चौकी गेटाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
चिर्पट प्रहारबाट गम्भीर घाइते भएका अम्बर बहादुरको सेती अञ्चल अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।
तपाईको प्रतिक्रिया