आफ्नै श्रीमानको हत्या गरेको अभियोगमा पक्राउ

समाचार

10/28/2019

बर्दिया, ९ कार्तिक । आफ्नै श्रीमान ५२ वर्षीय समला दरैको हत्या गरेको अभियोगमा बाँसगढी नगरपालिका–६ बस्ने ५० वर्षीया दिलमाया दरैलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

दिलमायाले आफ्नै श्रीमानको हत्या गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ जिल्ला प्रहरी कार्यालय वर्दियाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा बाँके खजुरा गाँउपालिक–७ गुनाना भन्ने स्थानमा फेला पारी पक्राउ गरेको हो ।

दिलमायाउपर कर्तब्य ज्यान मुद्धामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ