आयुर्वेदिक औषधी बरामद

समाचार

9/29/2019

सुनसरी, ११ असोज । सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिका ५ स्थित साहेवगञ्जबाट एपीएफ टोलीले करीव चार लाख ३० हजार रुपैयाँ बराबरको चोरीपैठारीको आयुर्वेदिक औषधी बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउँदै गरेको उल्लेखित मुल्य बराबरको वरिन्स वयदग्रास ५५ वटा, वरिन्स आसपरोसेग्रास १ सय ६३ वटा र ६ वटा वरिकेयर सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट साहेजगञ्जबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

बरामद आयुर्बे्दिक औषधी एपीएफ टोलीले स्थानीय भन्सार कार्यालयमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ