आरक्षण बचाऔं आन्दोलन : २ गतेको बन्द फिर्ता, लोकसेवाको कार्यालयमा तालाबन्दी गर्ने

समाचार

7/17/2019

काठमाडौं, १ साउन । आरक्षण बचाऔं आन्दोलन समितिले घोषणा गरेको २ गतेको नेपाल बन्द फिर्ता लिएको छ ।

बाढी र पहिरोले मधेशलगायत देशैभरि ठूलो क्षति पुर्याएको र जनजीवन आक्रान्त भएकोले २ गतेको नेपाल बन्द फिर्ता लिएको तराई मधेश राष्ट्रिय परिषद्का सदस्य कासिन्द्र यादवले जानकारी दिएका छन् ।

२ गते बिहीबार लोकसेवा आयोगको प्रत्येक कार्यालयमा तालाबन्दी गर्ने, ३ गते शुक्रबार काठमाडौं माइतीघर मण्डलामा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डित र लोकसेवा आयोगका अध्यक्ष उमेश मैनालीको पुतला दहन गर्ने जनाइएको छ ।

यसअघि नै आरक्षण बचाऔं आन्दोलन समितिले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ