रौतहट, १८ कार्तिक । बम विस्फोटमा परि घाइते भएकालाई ज्यूँदै इँट्टाभट्टामा हालेर जलाएको अभियोगमा पक्राउ परेका पूर्वमन्त्री तथा सांसद अफताब आलमविरुद्ध सरकारी वकिल खणिन्द्रराज कटुवालले सोमबार रौतहट जिल्ला अदालतमा अभियोग पत्र दायर गरेका छन् ।
उनीमाथि कर्तव्य ज्यान, विस्फोट, ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरिएको हो । अभियोगपत्र बुझाइए पनि आलमलाई भने अदालत लगिएको छैन ।
आलमविरुद्ध अभियोगपत्र दायर हुने भएपछि रौतहट जिल्ला अदालत अगाडि आलम समर्थकको भिड जुटेको छ ।
तपाईको प्रतिक्रिया