आवधिक विकास योजना तर्जुमा गोष्ठी

समाचार

12/15/2019

वीरगन्ज, ३० मंसिर । वीरगन्ज महानगपाललिकाको पूर्वधार विकासका लागि योजनातर्जुमा थालिएको छ ।

प्रदेश नं. २ मा रहेको एक मात्र वीरगन्ज महानगरपालिकाको पाँच वर्ष भित्र गरिने पूर्वाधार विकासका लागि योजना तर्जुमा थालीएको हो ।

महानगरपालिकाले आइतबार वीरगन्जमा दुई दिने “आवधिक विकास योजना तर्जुमा कार्यशाला गोष्ठी”को आयोजना गरी विकास निर्माण सम्बन्धि योजना तर्जुमा थालेको हो ।

महानगरका नगर प्रमुख बिजय कुमार सरावगीको अध्यक्षतामा सुरु भएको कार्यशाला कार्यक्रमको उदेश्यबारे महानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उमेत बस्नेतले जानकारी गराउनु भएको थियो ।

गोष्ठी वीरगन्ज महानगरपालिकाका वडाअध्यक्ष, वडासदस्य, कर्मचारी तथा नागरिक समाजका अगुवाहरुको सहभागीता रहेको गोष्ठीबाट सुशासन व्यवस्था, आर्थिक तथा समाजिक विकास, भौतिक पूर्वधार एवम् वनतथा वातरणीय संरक्षरक्षण लगायतका विषयमा छलफल भएको महानरपालिका प्रमुख प्रसाशकिय अधिकृत उमेश बस्नेतले जानकारी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ