इटहरीको वडा नं. १८ बालमैत्री वडा घोषणा

समाचार

8/20/2019

सुनसरी, २ भाद्र । इटहरीको वडा नं. १८ बालमैत्री वडा घोषणा गरिएको छ । कृषि तथा पशुपंक्षी विकास राज्यमन्त्री रामकुमारी चौधरीले एक समारोहका बीच बालमैत्री वडा घोषणा गरेकी छन् ।

वडा नम्बर १८ बालमैत्री वडा घोषणा हुने इटहरीकै पहिलो वडा हो । घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री चौधरीले बालबालिकालाई अघि बढाउन नसके समाज अघि बढ्न नसक्ने बताइन् ।

१८ नम्वर वडा इटहरीकै पहिलो बालमैत्री वडा भएकोमा उनले वधाई ज्ञापन गरिन् । इटहरी उपमहानगरका प्रमुख द्वारिकलाल चौधरीले वडा नम्वर १८ बाट सुरु भएको बालमैत्री घोषणा अभियानलाई सबै वडामा पु¥याएर बालमैत्री उपमहानगर घोषणा गरिने बताए ।

सामाजिक विकास तथा स्वास्थ्यमहाशाखा प्रमुख भोजकला दवाडीले वालवालिकाका लागि गरिएको लगानीले सुनौलो विहानी ल्याउने बताए ।

वडा नम्वर १८ का वडाध्यक्ष रामकुमार चौधरीले ३९ वटा सूचक पूरा गरेर वालमैत्री वडा घोषणा गरिएको जानकारी दिए । घोषणा गरेर मात्र नभई कार्यावन्यनका लागि लागि पर्ने उनको प्रतिवद्धता छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ