विराटनगर, १ मंसिर । विराटनगरमा इण्डो–नेपाल मशायरा बहुभाषी कविता सम्मेलन सम्पन्न भएको छ ।
कौमी एकता मञ्च विराटनगर नेपालद्वारा शनिबार इण्डो–नेपाल मशायरा बहुभाषी कविता सम्मेलनको आयोजना भएको थियो ।
सो कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले नेपालको संविधानले सबै जाति र धर्मका जनतालाई एक ठाउँमा जोडेको बताएका छन् ।
उनले भने, “संविधानले विभिन्न जात, जाति, धर्म र भाषाका मानिसलाई जोड्ने काम गर्छ ।” कोइरालाले नेपालको संविधानले सबै जात र जातिलाई समान अधिकार प्रदान गरेको छ भने ।
कौमी एकता मञ्च विराटनगर नेपालका अध्यक्ष ताजिम अहमदको अध्यक्षतामा भएको सो कार्यक्रममा नेपाली कांग्रेसका नेता हसन अन्सारीले बहुभाषी कविता सम्मेलनले सबैलाई एकताबद्ध बनाउने बताए ।
कार्यक्रममा विराटनगरबाट प्रकाशित उद्घोष दैनिकका सम्पादक मोहन भण्डारी, भगवान झा, गुड्डु मिया, अबुल हसन नदवी, सङ्गीता मिश्र र सनातन मण्डललाई पनि सम्मान गरिएको थियो ।
तपाईको प्रतिक्रिया