इलाका प्रहरी कार्यालय आफ्नै भवनमा

समाचार

5/13/2019

कपिलवस्तु, २९ बैशाख । कपिलवस्तुको कृष्णनगरमा रहेको इलाका प्रहरी कार्यालय कृष्णनगर आफ्नै नयाँ भवनमा सरेको छ ।

नेपाल प्रहरी भौतिक संरचनाहरुको निर्माण गर्न एमआइपीपी प्रोजेक्ट डीएफआइडीको कोषमा युएनओपीएसद्वारा नेपाल आदर्श निर्माण प्रा.लि.काठमाडौंसँग १८ अप्रैल २०१६ मा सम्झौता भई ३० अक्टूबर २०१७ सालमा समपन्न गरि ३० मई २०१८ मा नेपाल प्रहरीलाई हस्तान्तरण गरेको भवनको आइतबार प्रहरी प्रधान कार्यालय प्रशासन तथा मानव श्रोत विकास प्रमुख प्रहरी अतिरिक्त महानिरिक्षक ठूले राईले कार्यालयको उद्घाटन गरे ।

कार्यालय उद्घाटन गर्दै राईले भने, ‘हामी पटक पटक भवन निर्माण गर्न सक्दैन एउटा भवन निर्माण गर्नमा धेरै समय र बजेट लाग्छ तर हामीले गर्नुपर्ने सामान्य कुरा ध्यान दिएन भने यो भवन समयभन्दा अगाडी नै जिर्ण हुनसक्छ ।’

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ