इसिटिएस शुल्क घटाउने तयारी

समाचार

12/5/2019

काठमाडौं, १९ मंसिर । नेपाली कार्गोमा ‘इलेक्ट्रोनिक कार्गो ट्र्याकिङ सिस्टम’ (इसिटिएस) अर्थात विद्युतीय निगरानी प्रणाली कार्यान्ययनमा अनियमितताको आरोप व्यापारीले लगाएका बेला उक्त शुल्क घटाउन औपचारिक पहल सुरू भएको छ ।

कोलकाता बन्दरगाहमा गत १७ देखि ‘कस्टम ट्रान्जिट डिक्लेरेसन’ (सिटिडी)को सट्टा ‘डाइरेक्ट ट्रान्ससिपमेन्ट’ लागू गरिएको थियो ।

यो प्रक्रियालाई सहज बनाउन कोलकाता बन्दरगाह भन्सारले ‘कन्टेनर कार्गो’मा‘इसिटिएस’अनिवार्य गरिएको थियो ।

भारत, पश्चिमबंगालको उच्च अदालतको गत जेठ २९ को अन्तरिम आदेशले भने ‘इसिटिएस’ प्रक्रियालाई अहिले ऐच्छिक बनाइएको छ ।

यसअघि नेपाली आयातकर्ताको प्रतिनिधि भएर काम गर्दै आएका कोलकातास्थित क्लियरिङ एजेन्टले यसलाई हटाउन अदालतमा मुद्दा हालेका हुन् ।

नेपाली आयातकर्ताले ‘इसिटिएस’ सेवाबापत पर्ने शुल्क अधिक भएको भन्दै घटाउन माग गर्दै आएका छन् । अब गत १७ देखि कोलकाताबाट पनि ‘रेल बन्ड’ (रेलबाट ढुवानी तय) कार्गोमा यो लागू गरिएको हो । यसका लागि साधनका रूपमा ‘इसिटिएस’लाई प्रयोगमा ल्याइएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ