ईदमा सार्वजनिक बिदा

समाचार

5/30/2019

काठमाडौं, १६ जेठ । मुस्लिम धर्मावलम्बीहरूको चाड इद उल फितरमा सरकारले सार्वजनिक बिदा दिने भएको छ ।

मन्त्रिपरिषद बैठकले ईदको अवसरमा जेठ २३ गते बिदा दिने निर्णय भएको सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बताए । ईदमा बिदा काटेको भन्दै नेपाल मुस्लिम संघले सरकारलाई सात दिने अल्टिमेटम दिएको थियो ।

संघले सातै प्रदेशका मुख्यमन्त्रीलाई बिदाको व्यवस्थाका लागि पहल गरिदिन ज्ञापन पत्र बुझाएको थियो । इद उल फितर मुस्लिमलहरूले धुमधामका साथ मनाउने गर्छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ