उच्च क्षेत्रका जनशक्ति उत्पादन गर्न सामुदायिक क्याम्पसको योगदन : बराल

समाचार

12/9/2019

कपिलवस्तु, २३ मसिंर । प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले सामुदायिक क्याम्पसहरुले उच्च क्षेत्रका जनशक्ति उत्पादनमा जोड दिएको बताएका छन् ।

कपिलवस्तु बहुमुखी क्याम्पस तौलिहवाको आइ.सि.टि. ल्याव तथा विज्ञान प्रदर्शनीको अवलोकन कार्यक्रमको उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।

सामाजिक क्षेत्रको विकास भनेको शिक्षा क्षेत्र भएको र कम शुल्कमा शिक्षा दिने सामुदायिक क्याम्पसहरुले विभिन्न क्षेत्रको समन्वयमा प्राविधिक सिप दिनुपर्ने समेत बरालले बताए ।

प्रदेश सरकारले सामादायिक क्यामपसहरुको विकासको लगी सहयोग गर्ने परिपाटिको सूरुवातको गरेको हुंदा यसलाई निरन्तरता दिने बताए ।

साथै प्रदेशका विद्यार्थीहरुलाई उच्च तहमा अध्यायन गर्नका लागि विभिन्न जिल्लाहरुमा प्राविधीक शिक्षालयहरु खोलेर शिक्षा दिने काम पनि प्रदेश सरकारले गरेको बताए ।

सो अवसरमा सामाजिक विकास समितिका सभापति दिर्घनारायण पाण्डेयले शिक्षा नै विकासको आधार भएको हुंदा उच्च शिक्षा र प्राविधिक शिक्षामा लगानी गर्न कयाम्पलाई आग्रह गरे ।

कार्यक्रममा प्रदेश सभा सदस्य धर्मबहादुरलाल श्रीवास्तव रुन्धावती दुवे, मायादेवी गाउंपालिकाका अध्यक्ष वजरगी चौधरी लगायतले वोलेका थिए ।

सो अवसरमा कयाम्पस प्रमुख डा. विनय पाण्डेयले पश्चिम क्षेत्रको पुरानो र शैक्षिक धरोहरको रुपमा विकसित क्याम्पसले हजारौ जनशत्ति उत्पादन गरेको स्मरण गर्दे आगामी दिनमा क्याम्पसमा प्राविधिक विषहरु पठनपाठनको योजना रहेको बताए ।

साथै पाण्डेयले क्याम्पसको विकासमा सामाजिक तथा राजनैतिक व्यात्तित्वहरुको महत्वपुर्ण भुमीका रहने हुंदा सबैको सहयोग र सहकार्यमा शैक्षिक विकास हुने हुंदा सबै पक्षको सहयोगको अपेक्षा समेत गरे ।

प्रदेश सरकारको सहयोगमा क्याम्पसमा कम्युटर ल्यावको निर्माण गरि सूरुवात गरिएको छ । क्यामपस संचालन समितिका अध्यक्ष रामदास गुप्ताको अध्यक्षता सहायक प्राधायापक जिवन मरासिनिको संचालनमा सम्पन्न कार्यक्रममा विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरुको प्रतिनिधीहरुको उपस्थिती रहेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ