काठमाडौं, २९ असार । देशमा आएको अबिरल वर्षा, पहिरो र बाढीको कारण उत्पन्न परिस्थितिबाट चार दर्जन व्यक्तिको मृत्यु भइसकेको, सयौंको संख्यामा घाईते र बेपता रहेको तथा हजारौं घरवारविहीन भएको छन् ।
लाखौं जनजीवन प्रभावित भएको अवस्थामा सरकारले अहिलेसम्म पनि समुचित उद्धार र राहतको व्यवस्था गर्न सकिरहेको छैन् भने पीडितसम्म पुग्न सकिरहेको छैन ।
देशको आधी जनसंख्या बासोबास गर्ने क्षेत्र तराई÷मधेशको दक्षिणी भू–भाग लगभग पुरै क्षेत्र नै डुबानमा रहेको र अहिले तिनीहरुलाई रात बिताउन र दिन काटन समस्या रहेको अवस्थामा खानपीन, लुगाफाटा, औषधी, खानेपानीको अत्यधिक आवश्यकता रहेको बेला सहयोगी हातहरुलाई अगाडी आएर पिडीतको सेवा र सुरक्षामा सहभागी बन्न लोक दलले आग्रह गरेको छ ।
लोक दलका अध्यक्ष कौशलकुमार सिंहले एक विज्ञप्ति जारी गरी बाढी पहिरोको कारण घाईतेको पूर्ण उपचार र बाढी पहिरोबाट घरवार विहिन भएका परिवारलाई एक महिनासम्मको खाना खर्च, घर निर्माण खर्च, लुगाफाटा लगायत अन्य क्षतिको खर्च वापत एकमुष्ट दुई लाख उपलब्ध गराउन सरकारसँग माग गर्दछौं भने तत्काल पिडीतहरुको बसोबास र खानपीनको व्यवस्था गर्न आग्रह गरेका छन् ।
लाखौं व्यक्ति बर्षा र बाढीको चपेटामा परी प्रभावित बनेको र तिनीहरुको उद्धार तथा राहतमा खटिएका जनशक्ति, नेपाल सरकारसँग रहेको सं्रोत र साधनले नभ्याईरहेकोले अन्तराष्ट्रिय सहयोगको आवश्यकता महसुस हुन थालेको छ ।
तसर्थ, तत्काल राष्ट्रिय बाढी संकट घोषणा गरी सहयोगको लागि राष्ट्रिय तथा अन्तराष्ट्रिय निकायसँग अपील गर्न सरकारसँग आग्रह गरेका छन् ।
यसका साथै, सरकारले तत्काल उपलब्ध साधन स्रोतबाट अधिकत्तम राहत र सहयोगलाई ग्रामीण भेगमा पु¥याउन र बाढी प्रभावित क्षेत्रमा रहेका सबैलाई एक अर्काको सहयोगी बन्न सबैमा अपील गरेका छन् ।
तपाईको प्रतिक्रिया