बुटवल उपमहानगरको अनुगमन

समाचार

11/21/2019

बुटवल, ५ मंसिर । तिनाउ र दानव नदी किनारबाट अवैध रुपमा नदीजन्य सामग्री चोरी निकासी हुने गरेको पाइएको छ । बुटवल उपमहानगरपालिका–१७, हरिहरपुर नाकाबाट अवैध रुपमा सामग्री निकालेर लुकाइ राखेको अवस्थामा फेला परेपछि यस्तो रहस्य बाहिर आएको हो ।

बुटवल उपहानगरपालिकाले अनुगमनका क्रममा नदी किनारका झाडीमा नदीजन्य सामाग्री फेला पारेको थियो । नदी किनारका झाडीमा झडै ७० टिप्पर जति नदीजन्य सामग्री फेला परेको र त्यसलाई उपमहानगरले नियन्त्रणमा लिएको प्रवक्ता रामप्रसाद रेग्मीले बताए । 

उपहानगरपालिका प्रमुख शिवराज सुवेदी, उपप्रमुख गुमादेवी आचार्य, प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मा, त्यसक्षेत्रका वडाका अध्यक्षहरु, राजस्व महाशाखा, वित्त व्यवस्थापन महाशाखा, नगर प्रहरी र नेपाल प्रहरीको टोलीले त्यसक्षेत्रको अनुगमन गरेको थियो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ