विराटनगर, १४ कार्तिक । विराटनगरको एकीकृत भन्सार जाँच चौकी(आईसीपी) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भारततर्फको संरचना तयार भई संचालनमा आईसकेको छ ।
नेपालतर्फ बल्ल तयार भएको छ । प्रतिछाँयाको रूपमा नेपालतर्फसमेत निर्माण गरी एकै पटक सञ्चालनमा ल्याइनु पर्ने नेपाल–भारत सरकारबीच सहमति भएपनि नेपाली पक्षकै कमजोरीका कारण नेपालतर्फ भने काममा ढिलासुस्ती भएको थियो ।
भन्सार चौकीमा कार्गो भवन, यात्रु टर्मिनल भवन, मुद्रा सटही सुविधा, इन्टरनेट, वेयरहाउस, कोल्ड स्टोरेज, क्वारेन्टाइन, क्लियरिङ एजेन्ट, सिसिटिभी, पार्किङ, रेस्टुरेन्ट, बैंक र अन्य सार्वजनिक सुविधाको व्यवस्था गरिएको छ । इलेक्ट्रिक सब स्टेशन, वे ब्रिजलगायत सुविधा उपलब्ध छन् ।
नेपाल–भारतबीच सन् २००९ मा सीमा नाकामा दुरूस्तै प्रकृतिको भौतिक पूर्वाधारसहितको भन्सार चौकी निर्माण गर्ने सहमति भएको हो ।
विराटनगर, वीरगञ्ज, नेपालगञ्ज र भैरहवामा पनि चौकी निर्माण भएका छन् । आईसीपीको भौतिक संरचना निर्माण गर्ने दायित्व भारतको हुने सम्झौता थियो ।
सोहीअनुरूप विराटनगरमा नेपालतर्फको जाँच चौकी संरचनाका लागि भारतीय पक्षले १ अर्ब ३१ करोडको लागत लाग्ने अनुमान गरेको थियो ।
तपाईको प्रतिक्रिया