एक लाखभन्दा बढीको चोरीपैठारीको सामान बरामद

समाचार

11/26/2019

सुनसरी, ९ मंसिर । सुनसरी जिल्लाको कोशी गाउँपालिका ८ चारकुने स्थित सीमा ईलाकाबाट एपीएफ टोलीले करीव एक लाख पाँच हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

भारतबाट अवैध रुपले नेपालतर्फ ल्याउदै गरेको उल्लेखित मुल्य बराबरको लत्ताकपडा तथा हार्डवेयरका सामान सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट हरीपुरबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ