काठमाडौं, १२ मंसिर । नेपाली सेनाले चीनबाट अनुदानमा प्राप्त गरेका ६३ वटा एपीसी भेइकलहरू युद्ध क्षेत्रका लागि असुरक्षित रहेको गुनासो गरिएको छ ।
संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा विभिन्न मुलुकहरूमा खटिएका नेपाली सैनिक अधिकृत र जवानहरूले चीनबाट अनुदानमा प्राप्त गरेका एपीसी भेइकलहरू युद्ध क्षेत्रका लागि असुरक्षित रहेको बताएका छन् ।
चीनमा बनेका र नेपाली सेनाले अनुदानमा प्राप्त गरेका ती ६३ वटा एपीसी भेइकलहरू कुन–कुन मुलुकमा खटिएका शान्ति सेनाले प्रयोग गरिरहेका छन् भन्ने यकिन जानकारी हुन नसके पनि युद्धग्रस्त क्षेत्रमा खटिने शान्ति सेनाका लागि प्राविधिक दृष्टिले कमजोर र असुरक्षित भएको भन्ने जानकारीले संयुक्त राष्ट्रसंघीय मिसनमा खटिनेहरूले यी एपीसीहरूको प्रयोग गर्न आनाकानी गर्ने जनाइएको छ ।
यद्यपी चिनियाँ सहयोगमा प्राप्त यी एपीसीहरु यूएन शान्ति मिशनमा प्रयोगका लागि हालसम्म पठाइएको छैन । सबै एपीसीहरु काठमाडौंको छाउनीस्थित सैनिक ब्यारेकमा थन्किएको छ । यी एपीसीहरु युद्ध क्षेत्रका लागि असुरक्षित ठानिएकाले यसको छानबिन हुनु पर्ने आवाज पनि उठिरहेको छ ।
एपीसी भेइकलहरू बुलेट प्रुफ नभएकाले गोली छिर्ने, चाँडै तात्ने समस्याका कारण कम गुणस्तरीय र असुरक्षित रहेको शान्ति मिसनमा खटिने सैनिकहरूको भनाइ छ ।
तपाईको प्रतिक्रिया