राजपाले गर्यो बुद्ध एयरको सिटी अफिसमा तालाबन्दी

समाचार

10/16/2019

जनकपुरधाम, २९ असोज । संघीय सांसद प्रमोद साहलाई झुठा मुद्दामा फसाएको भन्दै राजपा नेता तथा कार्यकर्ताले जनकपुरस्थित बुद्ध एयरको सिटी अफिसमा तालाबन्दी गरेका छन् ।

तालाबन्दी गर्नबाट सुरक्षाकर्मीले रोकेपछि राजपा प्रदेश सांसद तथा प्रमुख सचेतक पारमेश्वर साह, जनकपुरधामकी उपमेयर रिता झा, प्रदेश सांसद सुरिता साह, पूर्वसांसद दिनेश साह कार्यालयमै केहिबेर धर्ना बसे । त्यसपछि सुरक्षाकर्मी तालाबन्दी गर्न दिएको छ । तालाबन्दी गर्न पुगेका राजपाका नेता तथा कार्यकर्ताहरु बुद्ध एयरको सिटी अफिसअगाडि टायर बालेर प्रदर्शन गरेका छन् ।

उनीहरु बुद्ध एयर ‘गो ब्याक’ नारा लगाएका थिए । मुद्दा फिर्ता नलिएसम्म बुद्ध एयरको सिटी अफिस सञ्चालन गर्न नदिने सांसद पारमेश्वर साहले जानकारी दिए । उनले सामान्य विषयलाई ठूलो बनाएर मुद्दा दर्ता गराइए र अब अझ सशक्त आन्दोलनमा उत्रने चेतावनी दिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ