काठमाडौं, २४ बैशाख । युनिसेफले नेपालका लागि युनिसेफको नयाँ प्रतिनिधीको रुपमा एल्के विसलाई स्वागत गरेको छ ।
विस बालबालिका र महिलाको अधिकारको क्षेत्रमा लामो अनुभव भएकी जर्मन नागरिक छिन् । ‘म लामो समयदेखि नेपाल आउन चाहन्थे’, विसले भनिन् । ‘म यो सुन्दर देशमा आउन र नेपालका बालबालिका र महिलाको सेवा गर्ने अवसर पाउँदा निकै खुसी छु ।’
विगत २३ वर्षमाविसले विभिन्न खालका विकासकालीन, संक्रमणकालीन र आपतकालीन परिवेशमा बालबालिका, महिला र उनीहरुको समुदायको जीवन सुधार्नका लागि काम गरेकी छन् ।
विस सन् १९९६ मा रुवाण्डामा बाल संरक्षण अधिकृतको रुपमा युनिसेफमा प्रवेश गरेकी थिइन् र त्यसपछि लाइबेरियामा बाल संरक्षण प्रमुखको रुपमा काम गरेकी थिइन् ।
सन् १९९९ र २००१ को बीचमा उनले कोसोभोको आपतकालीन अवस्थामा कार्यक्रम संयोजक र एफवाइआर म्यासेडोनियाको नायव प्रतिनिधीको रुपमा बाल्कन क्षेत्रमा काम गरेकी थिइन् ।
सन् २००३ देखि २००७ मा म्यानमारमा युनिसेफको नायव प्रतिनिधीको रुपमा काम गर्नुअघि विसले सन् २००१ देखि २००३ सम्म अफगानिस्तानको आपतकालीन कार्यसञ्चालनको समयमा आपतकालीन संयोजन र बाल संरक्षणका क्षेत्रमा वरिष्ठ पदहरु सम्हालेकी थिइन् ।
तपाईको प्रतिक्रिया