एसिड आक्रमणमा परेकी मुस्कानलाई न्याय दिलाउन सांसद महतोको माग

समाचार

9/8/2019

काठमाडौं, २२ भाद्र । गत शुक्रबार वीरगन्जमा एसिड प्रहारबाट घाइते भएकी किशोरी मुस्कान खातुनलाई न्याय दिलाउनका लागि महिला सांसदहरुले संघीय संसदमा आवाज उठाएकी छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा नेपाल कम्युनिष्ट पार्टीकी सांसद जुली महासेठ महतोले यस्ता जघन्य अपराधीहरुलाई कडाभन्दा कडा सजायको व्यवस्था गर्न सरकारसँग माग गरेकी हुन् ।

प्रेम प्रस्ताव अस्वीकार गर्दा एसिड प्रहार हुने घटनाहरु दिनप्रति दिन बढ्दै गइरहेकोले सरकारले यस विषयमा कडा कदम चाल्नुपर्ने सांसद महतोले बताएकी छन् ।

किशोरी मुस्कानमाथि एसिड प्रहार गर्नेहरुमाथि कारबाही गर्नुपर्ने र उपचारको व्यवस्थासमेत गर्नुपर्ने उनले संसदमा आवाज उठाएकी हुन् ।

एसिड प्रहारबाट मुस्कानको अनुहार, छाती, हात–खुट्टा लगायतको भागहरु जलेको सरकारलाई अवगत गराएकी हुन् ।

यसैगरी, नेपाली कांग्रेसकी सांसद प्रमिला राई, पार्वती (डी.सी.) चौधरी र नेकपाकी पुष्पाकुमार कर्ण कायस्त मुस्कानप्रति न्यायका लागि माग गरेका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ