एसिड आक्रमणमा परि मृत्यु भएकी दास परिवारलाई प्रदेश सरकारको सहयोग

समाचार

9/25/2018

जनकपुरधाम, ९ असोज । एसिड आक्रमणमा परी गम्भीर भएकी रौतहट चन्द्रनिगाहपुरकी १८ वर्षीया सम्झना दासको निधनप्रति दुःख व्यक्त गर्दै प्रदेश सरकारले पीडित परिवारलाई थप ३ लाख राहत दिने घोषणा गरेको छ ।

प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दीले मंगलबार आफ्नो अभिव्यक्ति सार्वजनिक गर्दै उपचाररत मृतककी बहिनी सुस्मीता दासको उपचार र मृतकको राहत स्वरुप बेटी बचाउ बेटी पढाउ योजना बाट उक्त रकम दिने घोषणा गरेका हुन् ।

उनले एसिड आक्रमणबाट गम्भीर दिदी बहिनीको उपचारको लागि यस अघि नै प्रदेश सरकारले १ लाख दिने निर्णय गरि सकेको जनाउदै सम्झना जीवन रक्षा गर्न नसकिए प्रति दुःख समेत व्यक्त गरेका छन् ।

साथै उपचारत १५ वर्षीया सुस्मीता दासको उपचारका लागि प्रदेश सरकार कटिबद्ध रहेको समेत जनाएका छन् ।

यसैबीच, मुख्यमन्त्री राउतले उक्त एसिड आक्रमणको छानवीन गरी दोषी उपर कारबाही गर्न तथा भविष्यमा यस्ता घटना दोहरीन नदिन आवश्यक उपाय तथा कानूनी रायसहित लिखित प्रतिवेदन १५ दिनभित्र पेश गर्न मुख्य न्यायाधिवक्ता दिपेन्द्र झालाई आवश्यक निर्देशन समेत दिएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ