औचित्य पुष्टि भए मात्र संविधान संशोधन : सञ्चारमन्त्री बाँस्कोटा

समाचार

8/6/2019

जनकपुर, २१ साउन । सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले संघीय सरकारलाई आवश्यक्ता महसुस नभएसम्म संविधान संशोधन नहुने ठोकुवा गरेका छन् । नेपाल पत्रकार महासंघ धनुषाले आज जनकपुरधाममा आयोजना गरेको पत्रकार भेटघाटमा मन्त्री बाँस्कोटाले सत्तारुढ दल समाजवादी पार्टीसँग भएको संविधान संशोधनको बारेमा औचित्य पुष्टि भए मात्रै संविधान संशोधन हुने स्पष्ट पारे । ‘सरकारलाई जबसम्म संविधान संशोधनको आवश्यक्ता महसुस हुँदैन, तबसम्म संविधान संशोधन हुन सक्दैन,’ उनले बताए ।
अर्को प्रसंगमा उनले संघीय सरकार प्रदेश २ को विकासका लागि सबैभन्दा बढी लगानी गरेको पनि दाबी गरे । प्रदेश २ मै नेपालको एकमात्र रेल्वे, निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल, कमला मरिन डाइभर्सन, मदन भण्डारी राजमार्ग, कोशी करिडोर, नारायणी करिडोरलगायतका गौरवका परियोजनाहरु सञ्चालनमा रहेको मन्त्री बाँस्कोटाले बताए ।
उनले वर्तमान नेकपाको संघीय सरकार ५ वर्षसम्म परिवर्तन नहुने समेत ठोकुवा गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ