कांग्रेसका सांसदहरुले पाँच दिनको तलब दिने

समाचार

7/15/2019

काठमाडौं, ३० असार । बाढी, पहिरो र डुबानबाट पीडितहरुको राहतका लागि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रतिनिधिसभा सदस्यहरुले पाँच दिनको तलब दिने भएका छन् ।

कांग्रेसका प्रतिनिधिसभा सदस्यहरुले आफ्नो पाँच दिनको तलब दिने निर्णय भएको कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिएका छन् ।

कांग्रेस केन्द्रीय समितिको बैठक स्थगित गरेर कांग्रेसले ‘जुटौं विपत्ति पीडितको उद्धार र राहतमाझ’ अपील गरेको प्रवक्ता शर्माले जनाएका हुन् ।

‘अब हाम्रा सामु तत्कालका लागि एउटै र साझा दायित्व छ, विपत्तिबाट मानवीय उद्दार !’ नाराका साथ कांग्रेसले राहतमा जुट्न अपील जारी गरेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ