कांग्रेस र नेकपाका मुस्लिम नेता कार्यकर्ताहरु राजपामा प्रवेश

समाचार

9/30/2019

काठमाडौं, १३ असोज । नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीका ३२ भन्दा बढी नेता कार्यकर्ताहरु राष्ट्रिय जनता पार्टी नेपालमा प्रवेश गरेका छन् ।

बबरमहलस्थित सोमबार राजपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा राजपाका सहमहासचिव रामप्रवेश बैठाको विशेष पहलमा रौतहट, बारा, झापा लगायतका जिल्लाका मुस्लिम नेता कार्यकर्ताहरु प्रवेश गरेका हुन् ।

रौतहट निवासी शेष मन्जीरको नेतृत्वमा नेता कार्यकर्ताहरु राजपामा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई राजपा अध्यक्षमण्डलका संयोजक महन्थ ठाकुर, नेता राजेन्द्र महतो, वरिष्ठ उपाध्यक्ष वृषेश चन्द्र लाल लगायतले अबीर तथा फुलमाला लगाई स्वागत गरेका छन् ।

पार्टी प्रवेश गर्दै शेष मन्जीरले मधेशी तथा आदिवासी जनजाति, मुस्लिम लगायत सम्पूर्ण उत्पीडित वर्ग समुदायका लागि संघर्ष गर्दै आएको राजपाले मात्रै विभेदको अन्त्य गर्न सक्ने बताएका छन् ।

उनले मधेशीको मुद्दाका लागि राजपा सधैं संघर्षरत रहँदै आएकोले राजपामा प्रवेश गरेको बताए ।

पार्टी प्रवेश कार्यक्रममा शेष साजीद, शेष माजिद, शेष परवेज, मो. मोजाबिल, मो.आजाद, फरत बानो, बबली आलम, शेष सद्दाम, शेष कलाम, सागीर अलि, शैफूल रहमान, मैनुदिन मियाँ, रितेश, असलम, मो. अतिफूर रहमान, शेष सन्जाद, मो. अफताब आलम, अब्दुल, सरफराज हुसैन, अफरोज आलम, शेष नाजीर, शेष कमरुदिन, शेष फिरोज, शेष मन्जीर, शेष सर्फूलाह, मो. नासिर अख्तर, कासिम अख्तर, शेष अबुलैस, मो. मोजुबुल र शेष असरे आलम राजपाको सदस्य ग्रहण गरेका छन् ।

पार्टी प्रवेश कार्यक्रमको सञ्चालन राजपाका महासचिव विनोद कुमार सिंहले गरेका थिए भने स्वागत मन्तव्य सहमहासचिव रामप्रवेश बैठाले गरेका थिए ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ