कुटपिटबाट मृत्यु

समाचार

1/20/2019

कैलाली, ६ माघ । गोदावरी नगरपालिका–२ पूर्वरोड बसन्तपुर टोल बस्ने अन्दाजी २० वर्षीय अरुण भट्टको कुटपिटबाट मृत्यु भएको छ । 

सोही नगरपालिका बस्ने भट्ट सहित अन्दाजी २२ वर्षीय सविन कट्टेल, १९ वर्षीय हरि राई, १८ वर्षीय राजेश नेपाली र सोही नगरपालिका बस्ने अन्दाजी २२ वर्षीय राजु कडायत, २० वर्षीय नरेश कट्टेल, १९ वर्षीय गणेश बिकबिच सुदूर–पश्चिम प्रादेशिक महोत्सब मेला हेरी घर फर्कने क्रममा बाटोमा एक–आपसमा झगडा हुँदा घाइते भएका भट्टलाई उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

कुटपिटबाट घाइते भएका हरि राईको सोही अस्पतालमा, सविन कट्टेल र राजेश नेपालीको पद्ममा अस्पताल अत्तरियामा उपचार भइरहेको छ ।

कुटपिट गरी फरार भएका व्यक्तिहरुको प्रहरीले खोजी गर्नुका साथै यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ