कटहरिया नगरपालिकामा दुई सय घर क्षतिग्रस्त

समाचार

7/14/2019

रौतहट, २९ असार । रौतहट जिल्लाको कटहरिया नगरपालिकामा २ सय घर क्षतिग्रस्त भएका छन् ।

नगरप्रमुख सियाराम कुशवाहाले नगरपालिकाका तीन वटा वार्ड अधिक प्रभावित भएको जानकारी गराएका छन् ।

सबैभन्दा बढी वार्ड नम्बर १ प्रभावित भएको जनाउँदै राहत तथा प्रभावितहरुलाई सुरक्षित स्थानमा ल्याउने कार्य जारी रहेको बताए ।

केही दिनदेखि परेको अविरल वर्षाले लालबकैया नदीमा आएको बाढीले कटहरिया १ नजिकमा बाँध भत्काउँदा हर्साहा टोल प्रभावित भएको थियो ।

मेयर कुशवाहाका अनुसार वडा नम्बर ४ को अवस्था जोखिमपूर्ण रहेको छ भने वडा नम्बर १ मा हल्का प्रभाव परेको छ । बाढीमा सड़कहरु भत्किएकोले तत्काल मर्मतको कार्य शुरू गरिएको छ ।

धनसर कटहरिया सडकखण्ड अहिलेसम्म अवरुद्ध रहेको छ । उनले भने नगरपालिकाबाट बाढ़ी पीडितहरुलाई त्रिपाल, चामल, दाल, चिउरा, चाउचाउ उपलब्ध गराउने कार्य जारी गरिएको छ ।

राहत तथा उद्धारका लागि टीम बनाइएको तथा भएको क्षतिको विवरण संकलन कार्य पनि जारी गरिएको उनले जानकारी गराएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ