कतारमा के गर्दैछन् डा.सीके राउत

समाचार

8/11/2019

कतार, २६ साउन । जनमत पार्टीका अध्यक्ष डा. सीके राउत १० दिनका लागि कतार भ्रमणमा बिहीबार साँझ कतार आइपुगेको छन् ।

दोहास्थित अहमद इंटरनेशनल विमानस्थलमा गैरआवासीय मधेशी संघको सदस्यहरुले भव्यरुपमा स्वागत गरेका छन् ।

डा. राउत शुक्रबार बिहान गैर आवासीय मधेशी संघ कतारको कार्यकारी समितिको बैठकमा सहभागी भई विभिन विषय बस्तुमा छलफल र अन्तरक्रिया कार्यक्रम गरेका गरेका थिए ।

तस्तै डा. राउत कतारमा अवस्थित मधेशी व्यापारी, इंजीनियर र विभिन्न विशेष पदमा कर्यारत मधेशी समुदायहरुसँग छलफल र अन्तरक्रिया कार्यक्रम गरेका थिए ।

यस कार्यक्रममा विशेष गरी मधेशमा कसरी रोजगारी सिर्जना गर्ने विषय वस्तुमा छलफल केंद्रित थियो । त्यस्तै, डा. राउत १२ अगस्त सोमबारको दिन गैरआवासीय मधेशी संघको आयोजनमा हुन लागेको मधेशी सांस्कृतिक कार्यक्रममा सहभागी हुने कार्यक्रम छ ।

१० दिने भ्रमणका क्रममा डा राउतले नेपाली कामदारहरुको अवस्था बुझ्ने, कामदारहरुको समस्याहरूको समाधानका लागि पहल गर्ने तथा दुई देशबीच सुमधुर सम्बन्ध स्थापित गर्न तथा आर्थिक सांस्कृतिक प्राविधिक सहकार्यका सम्भावनाहरूको बारेमा छलफल गर्ने कार्यक्रम रहेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ