काठमाडौं, ५ माघ । भारतको केदारनाथका जगतगुरु भीमाशंकर लिंगले नेपाल हिन्दु राष्ट्र नै रहेको तथ्यलाई कसैले नकार्न नमिल्ने बताएका छन् ।
माघे संक्रान्तिको अवसर पारेर नेपाल आएका भीमाशंकरले आफ्नो चारदिनको नेपाल यात्रामा पशुपतिनाथ र केदारनाथको शीर मानिने डोलेश्वर महादेव मन्दिरमा पूजा अर्चना, देवघाट र कालीगण्डकीमा स्नानसँगै पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेटघाटका क्रममा यस्तो बताएका हुन ।
पुस २९ मा डोलेश्वर महादेवमा पूजा अर्चना र त्यही राति निर्मल निवासमा पूर्वराजासँगको भेटघाट र माघे संक्रान्तिको दिन पशपतिमा विशेष पूजा गरी भीमाशंकर देवघाट प्रस्थान गरेका छन् ।
पूर्व राजासँगको भेटमा उनले नेपाल र भारतबीचको साँस्कृतिक, धार्मिक र ऐतिहासिक सम्बन्धलाई प्रगाढ बनाउनु पर्ने धारणा भीमाशंकरले राखेका छन् ।
तपाईको प्रतिक्रिया