केन्द्रीय विद्यालयले मनायो वार्षिकोत्सव

समाचार

12/5/2019

काठमाडौं, १९ मंसिर । काठमाडौंमा रहेको भारतको केन्द्रीय विद्यालयले आफ्नो ४६ औं वार्षिकोत्सव दिवस मनाएको छ ।

नेपालका लागि भारतका राजदूत मञ्जिवसिंह पुरीले बिहीबार आयोजित वार्षिकोत्सव दिवसको उद्घाटन गरेका छन् ।

त्यस अवसरमा विद्यलायका विद्यार्थीहरूले विभिन्न कार्यक्रम प्रस्तुत गरेका थिए ।

समारोहमा बोल्दै राजदूत पुरीले विद्यालयको प्रगतिबाट आफू धेरै प्रभावित भएको बताए । त्यस अवसरमा उनले नेपाल–भारत सम्बन्धको पनि चर्चा गरे ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ