कानूनमन्त्री यादवद्वारा पदभार ग्रहण

समाचार

11/25/2019

काठमाडौं, ९ मंसिर । समाजवादी पार्टीका अध्यक्ष एवं उपप्रधानमन्त्री उपेन्द्र यादवले कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।

कानूनमन्त्री यादवले सोमबार मन्त्रालयमा पुगी पदभार ग्रहण गरेका हुन् ।

यादव स्वास्थ्यमन्त्री हुँदा भारत भ्रमणमा रहेकै बेला प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् पुनर्गठन गरेका थिए ।

यादवलाई स्वास्थ्यबाट कानूनमा र उनकै पार्टीका राज्यमन्त्री डा.सुरेन्द्र यादवलाई पदमुक्त गरिएको थियो ।

भारतबाट फर्केपछि यादवले प्रधानमन्त्रीको मन्त्री हेरफेर कार्यबाट असन्तुष्टी जनाउँदै सरकार र नेकपासँग वार्ता गर्ने निर्णय गरेका छन् ।

वार्ताका लागि समाजवादीले वार्ता टोलीसमेत गठन गरिसकेको छ । वार्ता टोलीमा डा. बाबुराम भट्टराई, मन्त्री यादव, अशोक राई र राजेन्द्र श्रेष्ठ छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ